काेराेनाबारे शङ्का गर्ने ताञ्जनियाका राष्ट्रपतिको निधन

 चैत ५, २०७७ बिहिबार ९:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गर्नु भएको हो ।

मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन ।

गएको हप्ता विपक्षी दलका नेताले उहाँलाई कोरोना भाइरसको  सङ्क्रमण भएको बताएका थिए । तर, तर यसको आधिकारिक पुष्टि भने भएको छैन । कोरोना भाइरसलाई लिएर शङ्का व्यक्त गर्ने उहाँले कोरोनाबाट जोगिन प्रार्थना गर्ने र आयुर्वेद औषधि खाए हुने दाबी गर्दै आउनु भएको थियो ।

राष्ट्रपति मागुफुलीको निधनपछि ताञ्जनियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । ताञ्जनियाको संविधानअनुसार अब उपराष्ट्रपति हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनु हुने छ । उहाँले राष्ट्रपति मागुफुलीको स्वास्थ्यलाई लिएर विपक्षी नेताहरुले अनावश्यक हल्ला फैलाइरहेको आरोप पनि लगाउनु भएको छ । तर, विपक्षी नेताहरुले भने राष्ट्रपति मागुफुलीको केन्याको एक कोरोना अस्पतालमा उपचार भएको दाबी गरेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति  मागुफुलीले गएको जुनमा ताञ्जनियालाई कोरोनामुक्त घोषणा गर्नु भएको थियो । उहाँले मास्कको प्रभावकारीताबारे शङ्का व्यक्त गर्नु भएको थियो ।

ताञ्जनियाले गएको मे महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन भने कोरोनाविरुद्धको खोप खरिदका लागि पनि अस्वीकार गरेको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया