नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीवार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ । सहमति अब धेरै टाढा छैन’, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जित हुने बताउनुभयो । अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।
केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।