महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तीन घण्टा बत्ती जाने

 चैत ६, २०७७ शुक्रबार ८:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ।

महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यस्तै आज प्रदेश-२ को जनकपुरमा रहेको राजविराज वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाइन काटिँदै छ । 

यो वितरण केन्द्रअन्तर्गतका फिडरमा ३३ केबी क्षमताको लाइनको काम गर्न लागिएको हो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया