पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम : युनिसेफ

 चैत ७, २०७७ शनिबार ७:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ ।

विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको पछिल्लो रिपोर्टमा उल्लेख छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ । पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ ।

दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बालबालिका प्रभावित छन् । पाकिस्तान, अफगानिस्तान, केन्या, हैटी, बुर्किना फासो, इथियोपिया, नाइजेरिया, पपुआ न्यूगिनी, सुडान, तान्जानीया र यमनलगायतका ३७ देशका बालबालिका अरु देशको तुलनामा धेरै समस्याको सामना गर्नुपरेको पनि युनिसेफले जनाएको छ । 

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरले पानीको सङ्कट देखिनुमा जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको बताउनुभएको छ ।

सुख्खापन बढ्दै गए बालबालिका विद्यालय छोडेर पानी बोक्न बाध्य हुने पनि उहाँले बताउनुभयो । खडेरीले खाद्यान्न आपूर्तिमा कमी हुने र बच्चाहरूको शारीरिक वृद्धिमा प्रभाव पार्ने, कुपोषण हुने, पानीजन्य रोग फैलने जोखिमसमेत बढेको युनिसेफले जनाएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया