एटलान्टा आक्रमण : एसियाली विरोधी जातिवादको बाइडेनले गरे निन्दा

 चैत ७, २०७७ शनिबार १२:५३:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गर्नुभएको छ ।

अमेरिकको एटलान्टा क्षेत्रमा गएको मंगलबार भएकाे बन्दुक आक्रमणपछि एसियाली-अमेरिकी नेताहरुसँग जर्जियामा भेटवार्ताको क्रममा उहाँले यस्तो बताउनुभएको बीबीसीले जनाएको छ । साथै उहाँले जातीय विभेदको विरोधमा बोल्न अमेरिकी नागरिकलाई आग्रह गर्नुभएको छ ।

एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको ज्यान गएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको छ ।

पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । यसै सन्दर्भमा बाेल्दै बाइडेनले पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको बताउनुभएको छ ।

उहाँले यस्तो हुन नदिन अमेरिकी नागरिकले महत्वपूर्ण भूमिका निभाउनुपर्ने कुरामा पनि जाेड दिनुभएकाे छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया