भारत : मध्य प्रदेशका तीन सहरमा पूर्ण लकडाउन, गुजरात र पन्जाबमा कर्फ्यु

 चैत ८, २०७७ आइतबार १३:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।

मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएकाे छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।

परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया