अमेरिकी रक्षामन्त्री अफगानिस्तानमा : सेना फिर्ताको तयारीबारे छलफल

 चैत ९, २०७७ सोमबार ७:५:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अचानक अफगानिस्तानको भ्रमण गर्नुभएको छ । उहाँले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकाले गएको वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षकाे मेमा सबै अमेरिकी सेनालाई फिर्ता गर्नुपर्नेछ ।

सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अघिल्लो सरकारले गरेको सहमति मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठिन हुने बताउँदै आउनुभएको छ । रक्षामन्त्री अस्टिनले यसै हप्ता जापान, भारतलगायतका एसियाली देशको भ्रमण गरिसक्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया