अस्ट्रेलियामा बाढी : १८ हजार नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइयाे

 चैत ९, २०७७ सोमबार १३:३५:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाको दक्षिण–पूर्वी राज्यमा लगातारको वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । न्यु साउथ वेल्समा बाढीमा फसेका झण्डै १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइएकाे बीबीसीले जनाएको छ ।  

न्यु साउथ वेल्सको राजधानी सिड्नी र दक्षिण–पूर्वी राज्य क्वीन्सल्याण्डमा नदी र बाँधको जलस्तर बढेको छ । 

अधिकारीहरुका अनुसार यो स्थिति ‘५० वर्षमा पहिलो पटक’ बनेको हो र कैयौँ हप्तासम्म बनिरहन सक्छ । स्थानीय प्रशासनले मानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाढीका कारण घर छोड्न बाध्य मानिसहरुलाई आर्थिक सहायताको प्रस्ताव गर्नुभएको छ ।   

न्यु साउथ वेल्सकी प्रमुख ग्लेडी बेरिजिक्लयनले सोमबार मध्यरातसम्म कसैको पनि ज्यान गएको छैन । उहाँले भन्नुभयो, ‘अहिले जस्तो अवस्था छ, यो कुनै चमत्कार जस्तै देखिन्छ ।’

तर प्रभावित क्षेत्रमा निकै क्षति भएको बताइएको छ । प्रभावित क्षेत्रमा साढे दुई करोड मानिस रहेका छन् । 

साउथ वेल्सकी प्रमुख बेरेजिक्लियनले बाढीको चपेटामा परेका केही समुदाय गएको वर्षको ग्रीष्म ऋतुमा जङ्गलमा लागेको आगो र सुख्खाबाट प्रभावित भएका थिए । 

अस्ट्रेलियाको मौसम विभागका अनुसार केही क्षेत्रमा नौ सय मिलिमिटरसम्म वर्षा भएको छ, जुन ‘असाधारण’ हो ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया