पठाओको एपमा समस्या, पठाओ अङ्कित ज्याकेट र ट्राउजर लगाउन नपाइने

 चैत १०, २०७७ मंगलबार १८:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राइड शेयरिङ एप पठाओको सेवा रोकिएको छ । सोमवार काठमाण्डौमा ट्याक्सी चालक र पठाओका चालकबीच झगडा भएपछि ट्राफिक प्रहरीले चोक–चोकमा बसेर मान्छे कुर्न नपाइने बताएको थियो ।

तर मङ्गलवार साँझ भने पठाओको सेवा नै रोकिएको छ । यात्रुले पठाओका मोटरसाइकल र कार बुकिङ गर्दा नखुल्ने र ‘आउट अफ सर्भिस’ को समस्या देखिएको छ । 

यसैबीच राइड शेयर एप पठाओले आफ्ना राइडरहरूलाई पठाओ भनेर चिनिने ज्याकेट र ट्राउजर लगाउन रोक लगाएको छ । पठाओ राइडर भनेर पहिचान खुल्ने किसिमको कपडाका कारण पठाओ राइडरहरू असुरक्षित भएका र अफलाइन यात्रु बोक्ने क्रमसमेत बढेकाले त्यस्ता कपडा लगाउन प्रतिबन्ध लगाएको पठाओले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

पठाओले यसअघि कोरोना सङ्क्रमण जोखिम कम गर्न ज्याकेट र ट्राउजरसहितको प्रोटेक्टिभ गेयर अनिवार्य गरेको थियो । अफलाइन यात्रु बोक्दा यात्रुको सुरक्षा चुनौतीसँगै बीमालगायतमा समस्यासमेत आउने पठाओको विज्ञप्तिमा उल्लेख छ ।  

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया