बेलायती पूर्वराजकुमार ह्यारीले अमेरिकी संस्थामा काम गर्ने

 चैत ११, २०७७ बुधबार १४:२७:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायती पूर्व राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्नुहुने भएकाे छ । राजकुमार ह्यारीले नयाँ भूमिकाकाे सम्बन्धमा आफू निकै उत्साहित रहेकाे एक विज्ञप्तिमार्फत बताउनुभएकाे छ ।  

बेटरअफ संस्थामा ह्यारीकाे जिम्मेवारी, काम गर्ने समय, तलब आदिका बारेमा केही बताइएको छैन । गएकाे मार्च महिनामा शाही जिम्मेवारीबाट पन्छिएपछि उहाँले कमाइका लागि काम गर्न थाल्नुभएकाे हाे । 

राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उहाँको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्नुहुने बताउनुभएकाे छ ।

बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोकाे कार्यालयमा केही समय बिताउने जनाउनुभएकाे छ । 

सन् २०१३ मा स्थापना भएकाे बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ । यसका ६६ देशमा ४९ भाषा बोल्ने दुई हजार परामर्शदाता रहेको बताइएको छ ।

ह्यारी र उहाँकी पत्नी मेगन मर्केलकाे शाही उपाधि फिर्ता लिएपछि उनीहरू आमनागरिक सरह भएका छन् । 

राजपरिवार छाडेपछि उनीहरूकाे जीवनमा परिवर्तन आएकाे छ, उनीहरूले पाउँदै आएकाे सुविधा राेकिएकाे छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया