एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

 चैत १३, २०७७ शुक्रबार ६:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताउनु भएको छ ।

अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गर्नु भएको हो । 

बाइडेनले भन्नुभयो-‘आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गर्नु भएको छ ।  

बाइडेनले भन्नुभयो-‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै । तर कुनै अर्काे देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’

अमेरिकामा अहिलेसम्म १३ करोड खोप वितरण 

अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई सङ्क्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार २४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमणका कारण ५ लाख ५९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया