भारतमा कोरोना सङ्क्रमणको नयाँ रेकर्ड : २४ घण्टामा  ५९ हजारभन्दा धेरै सङ्क्रमित

 चैत १३, २०७७ शुक्रबार ७:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्  । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीवार  ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यस्तै, पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजार ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका महाराष्ट्र, गुजरात, पन्जाब, केरला, मध्यप्रदेश लगायतका ठाउँमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दै गएको छ ।

गएको २४ घण्टामा काेराेना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९८३ पुगेकाे छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया