ब्राजिल : एकैदिन झण्डै एक लाख जनामा सङ्क्रमण, २६ सयभन्दा धेरैको ज्यान गयाे

 चैत १३, २०७७ शुक्रबार ८:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्राजिलमा एकैदिन झण्डै एक लाख जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा ९७ हजार ५ सय ८६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यसअघि बिहीवार ९० हजार ५ सय ६४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो । यस्तै, ब्राजिलमा गएको २४ घण्टामा २ हजार ६ सय ३९ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।

ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीको दोस्रो स्थानमा छ । अमेरिकापछि कोरोना सङ्क्रमणको दर ब्राजिलमा सबैभन्दा धेरै छ । अहिलेसम्म ब्राजिलमा एक करोड ३२ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने तीन लाखभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया