म्यानमार : सेनाविरुद्ध सडकमा फोहोर फालेर प्रदर्शन, अहिलेसम्म ५ सय जनाको ज्यान गयो

 चैत १७, २०७७ मंगलबार १२:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन्  ।

सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोकाे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शन रोक्न त्यहाँका सुरक्षाकर्मीले बल प्रयोग गर्ने गरेका छन्  । अहिलेसम्म प्रदर्शनका क्रममा ५ सय जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

हिजो मात्रै १४ जनाको ज्यान गएको थियो । म्यानमार सेनाले नागरिकमाथि गरिरहेको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया