ब्राजिलमा तीन वटै सेनाका प्रमुखद्वारा एकसाथ राजीनामा

 चैत १८, २०७७ बुधबार ९:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्पति जैर बोल्सोनारो

काठमाण्डाै – ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् । राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुको राजीनामा आएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।

यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला तीन वटै सेनाका प्रमुखको राजीनामाले राष्ट्रपति बोल्सोनारोमाथि थप चुनौती बढेको छ । 
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया