नेपालकाे आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

 चैत १८, २०७७ बुधबार १४:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकाे छ । विश्व बैंकले अर्को आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपणसमेत गरेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । 

दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘आउँदाे वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया