बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज

 चैत १९, २०७७ बिहीबार ७:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को १७ औँ मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ ।

दिउँसो श्रीलङ्काले आयोजना गर्ने भर्चुअल बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।

मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।

बिमस्टेकका व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जनसम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तनलगायत प्राथमिकताका क्षेत्र छन् ।

बैठकमा बिमिस्टेक देशबीच आतंकवाद विरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुनेछ । तीन वर्षअघि काठमाण्डौमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया