अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – आईएमई रेमिट रेमिट्यान्सतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीवार आयोजित एक कार्यक्रमकाबीच अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई याे सम्मान प्रदान गर्नुभएको छ ।
गएकाे मङ्सिरमा कर दिवसको उपलक्ष्यमा यसकाे घाेषणा गरिए पनि कोभिड–१९ कारण कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएकाले सम्मानको कार्यक्रम औपचारिक रूपमा हुन सकेको थिएन ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गएकाे मङ्सिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई रेमिट क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो ।
यसअघि आईएमईले लगातार तीन पटकसम्म यो सम्मान पाइसकेकाे छ । नवौँ राष्ट्रिय कर दिवसका अवसरमा बिहीवार आईएमईसहित ती कम्पनीलाई सम्मान प्रदान गरिएको छ ।
आईएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने नेपालको पहिलो कम्पनी हो । नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ ।
स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आईएमई सेन्टरसहित ७७ जिल्लाका झण्डै १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।