भारतले म्यानमारमा भइरहेकाे हिंसाकाे विराेध गर्दै भन्याे, ‘हामी लाेकतन्त्र बहालीकाे पक्षमा छाैँ’

 चैत २०, २०७७ शुक्रबार १९:२२:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतले म्यानमारमा भइरहेको हिंसाको निन्दा गर्दै लोकतन्त्र बहालीको वकालत गरेको छ । भारतले म्यानमारको वर्तमान स्थितिको समाधान निकाल्ने कुनै पनि कदमको समर्थन गर्ने बताएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भन्नुभयो, ‘कानुनी राज्य कायम रहनुपर्छ भन्ने हामी मान्छौँ । हामी म्यानमारमा लोकतन्त्र बहालीको पक्षमा छौँ ।’

उहाँले म्यानमारमा बन्दी बनाइएका राजनीतिक व्यक्तित्वको रिहाइको समर्थन गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी राजनीतिक व्यक्तित्वको रिहाइका लागि अनुरोध गर्दछौँ ।’

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले 'कू' गर्दै शासन सत्ता हातमा लिएको थियो । सेनाले म्यानमारमा भएको चुनावमा धाँधली भएको आरोप लगाएको छ । चुनावमा आङ सान सुकीको पार्टीले स्पष्ट जित हासिल गरेको थियो । 

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले चुनावका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ताले म्यानमारबाट आएका शरणार्थीहरूको मुद्दाबारे भन्नुभयो, ‘हामी आफ्नो कानुन र मानव अधिकारको आधारमा यस विषयलाई हेरिरहेका छौँ ।’

म्यानमारमा सैन्य ’कू’ पछि लगातार प्रदर्शन भइरहेको छ । म्यानमारको सेना प्रदर्शनकारीमाथि उग्र रूपमा प्रस्तुत भइरहेको छ । गएको शनिबार मात्रै सेनाको कारबाहीमा सयौँको ज्यान गएको थियो ।

प्रजातन्त्रवादी आन्दोलनकारीले सुकीसहित अन्य नेताको रिहाइको माग गरेका छन् ।  अमेरिका, बेलायत, जापान, अस्ट्रेलियालगायत एक दर्जन देशले संयुक्त विज्ञप्ति निकालेर म्यानमारमा भएको हिंसाको विरोध गरिसकेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया