सङ्कटालाई हराउँदै भारतको थन्डरबोल्ट 'पोखरा गोल्डकप' को क्वाटरफ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शुक्रवार थप २९ जनाले अनुमति लिएका छन् । शुक्रवार चार समूहका ६ जना महिला र २३ जना पुरुषले सगरमाथा आरोहणका लागि अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जनाकारी दिनुभयो ।
शुक्रवारसमेत गरी आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या एक सय एक पुगेको पर्यटन विभागले जनाएको छ ।
यस्तै आउँदो सिजनमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अहिलेसम्म २४ समूहका एक सय ८० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये एक सय २७ पुरुष र ५३ जना महिला रहेका पर्यटन विभागकी निर्देशक आचार्यले जानकारी दिनुभयो ।
आउँदो सिजनको आरोहणबापत सरकारले अहिलेसम्म १४ करोड १३ लाख ७३ हजार दुई सय १९ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । वसन्त ऋतुको वैशाख–जेठ हिमाल आरोहणको मुख्य सिजन हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।