चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - नेकपा एमालेको खनाल-नेपाल समूहले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ आज घोषणा गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।
यस्तै एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ । हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।
राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिनुभएको छ । यो समूहले समानान्तर कमिटी विस्तारको कामलाई पनि अघि बढाएको छ । केन्द्रमा समेत छिट्टै नयाँ समानान्तर कमिटी बनाउने नेता माधव कुमार नेपालले बताइसक्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले ४ नेतालाई ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।