कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा ६ घण्टासम्म बत्ती जाने

 चैत २१, २०७७ शनिबार ८:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ।

कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।

मर्मतको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाने भएको हो ।

बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले सूचना निकालेर जनाएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया