'फूलबुट्टे सारी'को संस्कृत भर्सन सार्वजनिक ( भिडियाेसहित )

 चैत २१, २०७७ शनिबार ११:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय निक्कै चर्चामा रहेको 'फूलबुट्टे सारी' बाेलकाे गीतको संस्कृत भर्सन सार्वजनिक भएको छ । 

राजनराज शिवाकोटीको यो गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् । गीतका शब्दलाई के एन स्वामीले संस्कृतमा अनुवाद गरेका हुन् ।

गीतकाे संस्कृत भर्सनसँगै भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

लेजेन्डरी भर्सन अन्तर्गत हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका मिलन नेवार, गायक मार्मिक लामा, चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटी साथै युगान्डाकी बियोन्से फामासी नामकी गायिका लगायतको भर्सनमा आएको यो गीतले निक्कै चर्चा पाएको छ । 

१२ वर्षअघि शिवाकोटीले गाएको यो गीत पञ्जाबी भाषामा समेत रेकर्ड भइसकेको छ । विशेषत टीकटकबाट चर्चामा आएको याे गीत र यसकाे म्युजिक भिडियाेले रिलिज भएकाे छाेटाे समयमै लाखाैँ भ्युज बटुलिरहेकाे छ ।

अहिले याे गीत विभिन्न भर्सनमा सार्वजनिक भइरहेकाे छ । 

हेर्नुहाेस् भिडियाे 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Gm

    April 3, 2021, 12:02 p.m.

    Very good work

  •  0 Reply

तपाईको प्रतिक्रिया