अहिलेसम्म ६९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम, आजदेखि ६ जिल्लामा विस्तार हुने

 चैत २५, २०७७ बुधबार ७:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसकै सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

अहिलेसम्म ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालनमा रहेको र आज ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्‍याइने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । विसं २०७२ मा कैलाली जिल्लाबाट औपचारिक रुपमा सुरु भएको बीमा कार्यक्रम आज ताप्लेजुङ बारा, सर्लाही, दोलखा, मनाङ, र मुस्ताङमा पनि विस्तार हुने भएको हो । आर्थिक वर्ष २०७७/७८ भित्रमा सबै जिल्लामा बीमा कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको छ ।

बोर्डका अनुसार कूल जनसङ्ख्याको १५ प्रतिशतलाई मात्रै सेवा पुर्‍​​याउन सकिएको छ । औषधि नपाउने, गुणस्तरीय सेवा नपाउने, डाक्टर नहुने समस्यालगायत विविध समस्या भए पनि समाधान गर्दै अघि बढेको बोर्डले जनाएको छ । नेपालमा स्वास्थ्य बीमामा सहभागी भएकामध्ये ३४ प्रतिशतले स्वास्थ्य सेवा लिएका छन् । बोर्डले दिएको जानकारी अनुसार कूल ३७ लाख ४२ हजार ६ सय ५६ ले स्वास्थ्य बीमा गराएका छन् ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया