ब्राजिलमा एकैदिन ४ हजार बढी कोरोना सङ्क्रमितको ज्यान गयो, लकडाउन नगर्ने पक्षमा राष्ट्रपति

 चैत २५, २०७७ बुधबार ८:५०:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलमा पछिल्लाे २४ घण्टामा चार हजार भन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण एक दिनमै चार हजार १९५ ले ज्यान गुमाएको र यति धेरैले ज्यान गुमाएको यो पहिलोपटक हो ।

ब्राजिलका अस्पताहरुमा उपचारको लागि कुर्दाकुर्दै बिरामीहरुले ज्यान गुमाइरहेका छन् । सङ्क्रमितहरुको अत्याधिक भीडभाडले अस्पतालको सेवा प्रवाह पनि प्रभावित बनेको बीबीसीले जनाएकाे छ । कोरोनाबाट ब्राजिलमा अहिलेसम्म तीन लाख ३७ हजार बढी नागरिकले ज्यान गुमाइसेका छन् । अमेरिका पछि सबैभन्दा बढी ज्यान गुमाउने देश ब्राजिल बनेको छ ।

यति हुँदाहुँदै पनि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो भने लकडाउनको विरोधमा हुनुहुन्छ । उहाँले त्यहाँका केही स्थानीय सरकारले लगाएका लकडाउन तथा प्रतिबन्धलाई पनि खोल्नुभएको छ । लकडाउनका कारण हुने आर्थिक घाटा कोरोना भाइरसभन्दा पनि खतरा हुने राष्ट्रपति बोल्सोनारोको भनाइ छ ।

यस्तै राष्ट्रपति क्वरेण्टिनको पनि विरोधमा उभिनुभएको छ । क्वरेण्टिनले बेरोजगारी बढाउने र तनाव थप्ने उहाँको दाबी छ । 

ब्राजिलमा एक करोड ३० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको र मार्चमा मात्रै ६६ हजार ५ सय बढीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्राले जनाएको छ । नयाँ स्वरुपको भारसको सङ्क्रमणसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको जनाइएको छ ।


  
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया