चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरि रहेका पदाधिकारीको सदाचारितामा प्रश्न उठाएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनका पदाधिकारीको सदाचारितामा खोट देखाएको हो ।
समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्लास्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, सङ्गठन आफैसँग चल/अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ ।
बुधवार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बाल कल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताउनुभयो ।
समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरी बाल सङ्गठनको चल/अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपूर्ण तरिकाले गरिएका सम्झौताहरूलाई पुर्नमूल्याङ्कन गर्नुपर्ने, बाल गृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रूपमा दिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ ।
यस्तै प्रतिवेदनमा बाल गृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।