२४ घण्टामा तीन सय ३९ जनामा काेराेना सङ्क्रमण

 चैत २५, २०७७ बुधबार १६:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार एक सय जनाकाे पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाण्डाैका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

यस्तै पछिल्लाे २४ सङ्ख्यामा काेराेनाबाट दुई जनाले ज्यान गुमाएसँगै मृतककाे कुल सङ्ख्या तीन हजार ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया