चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि बुधवार ४० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि २५ जना र धौलागिरिका लागि १५ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
योसँगै यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या तीन सय ४३ पुगेको छ । अनुमति लिएकामध्ये ४० समूहमा आबद्ध दुई सय ६९ जना पुरुष र ७४ जना महिला रहेका छन् ।
अनुमति लिनेहरूमा सगरमाथाका लागि २० समूहका एक सय ९२ जना, मनास्लुका लागि एक जना, अन्नपूर्णका लागि चार समूहका ४४ जना, धाैलागिरिका लागि चार समूहका ३० जना, ल्हाेत्सेका लागि पाँच समूहका ३९ जना रहेका छन् । त्यस्तै मकालुका लागि एक समूहका आठ जना, नुप्त्सेका लागि तीन समूहका २३ जना, पुमरीका लागि एक समूहका पाँच जना, टुकुचेका लागि एक जनाले अनुमति लिएका छन् ।
आउँदो सिजनमा हुने आरोहणका लागि अनुमति लिनेबाट सरकारले अहिलेसम्म २७ करोड ५२ लाख १० हजार चार सय ९९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।
कोरोना महामारीका कारण अघिल्लो वर्षको बसन्त ऋतुमा ठप्प भएको आरोहण व्यवसाय यो वर्ष लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।