चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
खोटाङ – खाेटाङमा आगलागीमा परेर एक वृद्धकाे ज्यान गएकाे छ । तारेभीर सामुदायिक वनमा लागेको आगलागीमा परेर बराहपोखरी गाउँपालिका २ सुन्तलेकी ७३ वर्षीया डम्बरकुमारी आले मगरको ज्यान गएकाे हाे ।
बुधवार दिउँसो जङ्गलमा लागेको आगाेकाे लप्काले भेट्दा वृद्धाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा वृद्धाकाे जलेर ज्यान गएकाे सुन्तलेका वडाध्यक्ष अमरबहादुर आले मगरले बताउनुभयो ।
वृद्धाको उद्धारका क्रममा दुई जना घाइते भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।