चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवम् पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो ।
केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेपछि जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले बुधवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जानकारी दिएको छ ।
जात्रा सञ्चालन गर्दा हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउँदा हुने भिडले कोरोना सङ्क्रमण फैलाउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो । जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम
मङ्गलवार (हिजो) देखि नै रोकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।