म्यानमारमा भइरहेकाे प्रदर्शनमा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ८० नाघ्यो

 चैत २५, २०७७ बुधबार २०:२०:२३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा भइरहेको प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको छ । बुधवार एकैदिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताएको छ । सैन्य सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि विज्ञप्तिमा भनिएको छ ।

सेनाले दमन गरे पनि म्यानमारमा सैन्य ‘कू को विरोध हुन र सरकारले प्रदर्शनकारीको हत्या गर्न छोडेको छैन । हिंसा चर्किएपछि म्यानमारका कैयौँ नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।

म्यानमारमा गएकाे फेब्रुअरी १ मा सेनाले 'कू' गर्दै आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिँदै सत्ता हात लिएपछि त्यसकाे विराेधमा प्रदर्शन भइरहेकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया