पाँच घण्टा बन्द भएको पृथ्वी राजमार्गको धादिङ खण्ड खुल्यो

 चैत २६, २०७७ बिहिबार ७:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङको गल्छी गाउँपालिका-६ महेश दोभानमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएपछि बन्द भएको पृथ्वी राजमार्ग खुलेको छ ।

हिजो बेलुका आठ बजे गाडीको ठक्करबाट गल्छी गाउँपालिका-३ का ७० वर्षका बुदे मिजारको ज्यान गएको थियो ।

ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गर्न माग गर्दै स्थानीयबासिन्दाले सडक अवरुद्ध गराएका थिए ।  

ठक्कर दिएर भागेको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि पाँच घण्टा बन्द भएको सडकमा गएराति १ बजेदेखि भने गाडी चल्न थालेका नागढुङ्गा प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया