सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ ।
हिजो ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो ।
डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ ।
भारतमा कोरोना सङ्कटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ ।
तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ।