प्रदेश-१ को पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का पानी पर्न सक्ने

 चैत २६, २०७७ बिहीबार ८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१ को पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । 

आज दिउँसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि समान्य बद्ली रही बाँकी भूभागकाे मौसम आंशिक बद्ली  रहने सम्भावना देखिएको माैसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

यस्तै, केही दिनदेखि तराई र पहाडी भूभागमा लागेको तुवाँलो भने अझै कायमै रहेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र वायु प्रदूषणका कारण तुवाँलो अझै केही समय रहने देखिएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको थोरै प्रभाव रहेको छ भने नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसमविद्को भनाइ रहेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया