ललितपुरलाई हराउँदै प्रदेश एकले प्रतियाेगितामा सुखद अन्त्य गर्‍याे

 चैत २६, २०७७ बिहीबार १४:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा बिहीवार भएको खेलमा प्रदेश एकले ललितपुर मेयर्स–११ लाई हराएको छ । लिगको अन्तिम खेलमा प्रदेश एकले मेयर्स– ११ लाई १५ रनले हराएको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । प्रदेश एककी रोमा थापाले अविजित ६६ रन बनाइन् । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले एक/एक विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रन बनाउन सक्यो । मेयर्स– ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन् । प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन् । जितसँगै प्रदेश एकले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम र एपीएफ आउँदाे शनिबार खेल्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया