सङ्कटालाई हराउँदै भारतको थन्डरबोल्ट 'पोखरा गोल्डकप' को क्वाटरफ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले भन्नुभयाे,‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा देशले नयाँ सरकार पाउँछ, अहिले त्यसका लागि सकारात्मक वार्ता भइरहेको छ ।’ वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आउँदाे नयाँ वर्ष अर्थात् वैशाखभित्रै देशले नयाँ सरकार पाउने विश्वास दिलाउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘हामी वर्तमान सरकारको विपक्षमा छौँ । यो सरकार १०० प्रतिशत परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार देशले पाउँछ ।’
उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाइ गर्न नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै सङ्घीयता, संविधानका दफाहरूमाथि प्रहार भइरहन्छ । अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौँ, चाँडै सहमति गरौँ ।’
नेता यादवले आफ्नो पार्टी अहिले पनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुन सक्ने तर्क गर्नुभयाे । उहाँले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, देशकाे शान्ति/सुरक्षा निष्क्रिय भएको लगायत दाबी गर्नुभयाे । उहाँले वर्तमान प्रधानमन्त्री ओली बालुवाटारभन्दा अन्त कतै नगएको पनि टिप्पणी गर्नुभयाे । उहाँले प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्खरै गरेका विभिन्न विकास आयोजनाको शिलान्यासलाई नाटकको संज्ञा पनि दिनुभयाे ।
यादवले मेलम्चीको पानी काठमाण्डाै आएकोमा खुसी व्यक्त गर्दै किसुनजीको सपना साकार भएको पनि उल्लेख गर्नुभयाे । उहाँले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई बिदाई गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले सबैको साझा दुस्मनकाे रूपमा रहेको ओली सरकार हो । यो सरकारलाई बिदाई गर्न ढिलाइ गर्नु हुँदैन, जति ढिलाइ गर्याे त्यति पछुताउनुपर्छ ।’
फरक प्रसङ्गमा उहाँले बालुवाटार र बूढानीलकण्ठलाई एउटै दुरीमा राखेर हेर्न नहुने पनि बताउनुभयाे । ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने पनि उहाँको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।