पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता

 चैत २७, २०७७ शुक्रबार ७:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि अस्ति  बुधवार भएको चुनावको मतगणना जारी छ ।

७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । अहिलेसम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।

काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बिहान ११ बजेसम्ममा प्रतिष्ठानतर्फको सबै नतिजा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिनुभयो । प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन्  ।

अधिकारी पोख्रेल प्यानलका हुनुहुन्छ भने दाहालले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । यस्तै, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । चुनावका सबै नतिजा आउन अझै एक/दुई दिन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।

अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको चुनाव हुन सकेन । बैतडीमा पनि छिटै नै चुनाव हुने निर्वाचन समितिले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया