प्रदूषण कम हुँदै : काठमाण्डौसहित धेरै ठाउँको वायु अझै अस्वस्थ

 चैत २७, २०७७ शुक्रबार ८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा वायु प्रदूषण कम हुँदै गएको छ ।

वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।

केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ ।

वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।

ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना छ । अहिले विश्वमा नेपालसहित चीनको सेङयाङ, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको दिल्लीलगायत ठाउँमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन्। मौसमविद् निराजन सापकोटाका अनुसार नेपालमा अहिले न्यूनचापीय मौसमी प्रणालीको विकास भएको छ ।

यो मौसमी प्रणाली प्रदेश-१ हुँदै नेपाल प्रवेश गरेकाले एक/दुई दिन हल्का पानी पर्ने र आउँदो सोमवारपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणाली विकास भएकाले आज बेलुकीपछि उपत्यकासहित प्रदेश-१ र पहाडी ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।

अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश एकको मौसम आंशिक बद्ली भएको छ । यस्तै केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया