भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच महिनायताकै उच्च

 चैत २७, २०७७ शुक्रबार ८:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा सन् २०२० को अक्टोबर महिनापछि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या यति धेरै पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा कोरोनाका कारण त्यहाँ ८ सय २ जनाको ज्यान गएको छ भने एक लाख ३१ हजार ८ सय ९३ जना सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा मात्रै ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । केही दिनयता भारतमा सङ्क्रमितको सङ्ख्या बढेर हरेक दिन एक लाख नाघ्ने गरेको छ ।

कोरोनाका कारण बालबालिका र युवा पनि उच्च जोखिममा परेका छन् । बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै भारतका केही ठाउँमा रात्रिकालीन कर्फ्यु छ भने केही ठाउँमा लकडाउन छ ।

कर्नाटकको सबैभन्दा ठूलो सहर बेङ्ग्लोरसहित ६ सहरमा भोलिदेखि वैशाख सात गतेसम्म रात्रिकालीन कर्फ्यु लगाइने भएकाे छ । यस्तै, मध्य प्रदेशमा आज  बिहान ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म लकडाउन छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेका क्षेत्रका शिक्षण संस्था बन्द भएका छन् ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया