डाका मुद्दाका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

 चैत २८, २०७७ शनिबार ८:५९:३५ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुर​मा डाका मुद्दाका फरार अभियुक्त सत्ताइस वर्षपछि पक्राउ परेका छन् । 

प्रहरीले साविककाे परासन गाविस–७ का बलबहादुर सुनारलाई सत्ताइस वर्षपछि पक्राउ गरिएकाे हाे। 

कञ्चनपुर जिल्ला अदालतको २०५० साल असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ रुपैयाँ जरिवाना भएर लगतमा बसेका सुनारलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिएर २०३२ सालदेखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।  

प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार २०४४, २०४८ र २०५० सालमा डकैतीकामा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया