चिनियाँ सरकारद्वारा अलिबाबा कम्पनीलाई २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

 चैत २८, २०७७ शनिबार १७:५६:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको शक्तिशाली कम्पनी अलिबाबाले  सरकारलाई दुइ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना बुझाएको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा सरकारले तोकेको जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको झण्डै ४ प्रतिशत रकम जरिवानामा बुझाएको खबरमा उल्लेख छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेशन फर मार्केट रेगुलेशनले गएको डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो ।

अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत सरकारको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको रोयटर्सले जनाएको छ । अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टल हो । यो कम्पनी चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गएको वर्ष चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरुको तारो बनेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया