म्यानमारमा सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय

 चैत २८, २०७७ शनिबार २०:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा 'कू' गरेर सत्ता कब्जा गरेको सैन्य सरकारले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

गएको मार्च २७ मा याङ्गोनको ओकालापा जिल्लामा सेनाका क्याप्टेनका सहयोगीको हत्या भएको र त्यही घटनामा संलग्नलाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्याबाडी टेलिभिजनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गएको माघ १९ गते भएको सैन्य 'कू' पछि सैन्य सरकारले पहिलोपटक मृत्युदण्डको सजाय सुनाएको हो । द एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स समूहले म्यानमा सैन्य 'कू' पछि भएका घटनामा ४८ बालबालिकासहित कम्तीमा ६ सय १४ जनाले ज्यान गुमाइसकेको बताएको छ ।

समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा छन् । सेनाले भने अहिलेसम्म २ सय ४८ जनाको ज्यान गएको र प्रदर्शन नियन्त्रणमा लिने क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ । सैन्य सरकारले आन्दोलन मत्थर हुँदै गएको र आउँदो दुई वर्षभित्र चुनाव गर्ने बताएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया