तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिएसँगै भारतको दिल्लीमा कडा प्रतिबन्ध

 चैत २९, २०७७ आइतबार ७:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेकाे छ ।

घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् । यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ ।

यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । रिपोर्ट नलिइ दिल्ली जानेहरु १४ दिन क्वरेण्टिनमा बस्नुपर्ने नियम दिल्ली सरकारले लगाएको छ । पछिल्ला दिनहरुमा भारतमा अरु देशभन्दा धेरै कोरोना सङ्क्रमित थपिने क्रम रोकिएको छैन । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । ८ सय ३८ जना सङ्क्रमितको ज्यान गएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया