म्यानमारमा थप ८० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

 चैत २९, २०७७ आइतबार ८:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – म्यानमारको यंगुन शहरमा थप ८० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।

यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको खबरमा उल्लेख छ । त्यहाँ अझै धेरै प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने म्यानमारका स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न सकेको छैन । म्यानमारमा गएको फेब्रअरी १ मा सेनाले सैनिक शासन लागू गर्दै संकटकाल लगाएपछि प्रदर्शन हुँदै आएको छ । दिनहुँ चर्किएको प्रदर्शनमा अहिलेसम्म ६ सय १८ जनाको ज्यान गइसकेको छ । म्यानमारमा आन्दोलन नरोकिएपछि आफ्नो देश छोडेर अरु देशमा जानेहरुको पनि संख्या बढ्दै गएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया