चितवन र झापामा भएका दुर्घटनामा तीन जनाको ज्यान गयो, सात घाइते

 चैत २९, २०७७ आइतबार १२:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरमा गए राति ना १ ज ६८५९ नम्बरको जीप पल्टदा अन्दाजी ४५ र ५५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । घाइते सात जनामध्ये दुई जनाको पुरानो मेडिकल कलेज, एक जनाको चितवन मेडिकल कलेज र चार जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  झापाको विर्तामोड नगरपालिका–६ मा आज बिहान ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका–५ का ३८ वर्षका रामकान्त चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ना ४ ख ७२८९ नम्बरको ट्रकले मे ४ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा बीएण्डसी अस्पतालमा ज्यान गएको हो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया