चितवनमा ट्र्याक्टर पल्टिँदा पाँच जनाको ज्यान गयो, १९ जना घाइते

 चैत ३०, २०७७ सोमबार ७:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनको राप्ती नगरपालिका-११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।

राप्ती नगरपालिका-५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका-४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । हिजो बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाकाे ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया