आलाेचना र सुझाव दिनेलाई शत्रुलाई जस्ताे व्यवहार गर्न हुँदैन : नेता नेपाल

 चैत ३०, २०७७ सोमबार १७:५६:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ ले साेमवार जनकपुरधाममा आयोजना गरेकाे प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रूपमा सञ्चालन गरेको आरोप लगाउनुभयो । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।  

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नुपर्छ’, नेता नेपालले भन्नुभयो । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिस्ट पार्टी भए पनि अहिले पार्टीमा सङ्कट बढ्दै गएको उहाँको भनाइ थियो । 

भेलामा अर्का नेता घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया