एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ ।
विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ ।
सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिनुभयो ।
समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उहाँको भनाइ छ । डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको बताउनुभयो ।
उहाँले सङ्क्रमणलाई हलुका रुपमा लिन नहुनेमा जोड दिनुभएको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गएको २४ घण्टामा भारतमा १ लाख ६० हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भएको छ ।
योसँगै भारतका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ३६ लाख ८६ हजार नाघेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।