सहुलियतपूर्ण कर्जामा एक खर्ब २४ अर्ब लगानी, एक सय ३२ जनाले पाए सर्टिफिकेट धितोमा ऋण

 चैत ३१, २०७७ मंगलबार १४:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको बताएको छ । देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको राष्ट्र बैंकको दाबी छ ।

राष्ट्र बैंकको नयाँ तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ७७ हजार एक सय ९६ ऋणीले सहुलियतपूर्ण कर्जामार्फत एक खर्ब २४ अर्ब २८ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३८ हजार तीन सय ५५ ऋणीलाई ८८ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै  महिला उद्यमशील कर्जाअन्तर्गत ३६ हजार सात सय ६३ महिला उद्यमीलाई ३२ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । यस्तै फागुनसम्म शिक्षित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखेर एक सय ३२ जना युवाले ६ करोड एक लाख रुपैयाँ ऋण लिएका छन् । 

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७८ ऋणीको तीन अर्ब पाँच करोड रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो ।

नयाँ कार्यविधिअनुसार सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया