प्रधानमन्त्री ओली झापामा

 भदौ ६, २०७५ बुधबार १०:१६:२९ | रासस
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा जानुभएको छ ।

प्रधानमन्त्री बनेपछि उहाँ दोस्रोपटक झापा जानुभएको हो । उहाँको बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नुहुनेछ । उहाँले बुधबार गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली बुधबार नै दिउँसाे काठमाडौँ फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया